काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा उनले सो विधेयकमा देखिएका कमीकमजोरी हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसदमा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा रहेकाले सच्याउने अवसरसमेत भएको बताएका छन् । सो अवसरमा युनियनले सम्पूर्ण मिडियामाथि नै ‘कु’ गर्ने नियतका साथ ल्याइएको सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको थियो।
पत्रकारहरुलाई कडा दण्डजरिवानाको व्यवस्थासहित राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयकको सर्वत्र आलोचना भइरहेको छ।


