काठमाडौं । त्रिवि सेवा आयोगमा नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ । वैद्य र विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
कार्यालयमा उतीर्ण भएकाहरुको अन्तवार्ता हुँदै गर्दा अखिल क्रान्तिकारी ३ जना नेताहरु संघर्ष दाहाल, कुमार वर्तौला र शुलभ वैद्य प्रहरी छक्याउँदै कार्यालय भित्र पसी तालाबन्दी गरेका हुन् ।


