म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ

Halesi

काठमाडौ । म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिषर काठमाडौंको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रतिलिपि अधिकार सम्बन्धि उजुरी परेपछि थापालाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषरका प्रहरीले जानकारी दिएको छ ।

प्रतिलिपि अधिकार सम्बन्धि सरिता सिलवालको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया