बाबुरामले आधा निद्रामा प्रि–बजेट तयार पारेको भनेपछि नेता सुरेन्द्र पाण्डेले भने – बाबुराममा फ्रस्टेसन देखियो

Halesi

काठमाडौं । आधा निद्रामा, अल्छि लागी–लागि प्रि–बजेट तयार पारेको भनेपछि नेकपा सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डा। बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको टिप्पणी गरेका छन् । पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकतामाथि भट्टराईबाट भएको टिप्पणीले उनमा फ्रस्टेसन देखिएको दाबी गरे ।

प्रि–बजेटमाथि आईतबारदेखि संसदमा सुरु छलफलमा भाग लिंदै पाण्डेले सन् १९८० को दशकमा कम्युनिष्ट आन्दोलनभित्र देखिएको फ्रस्टेसन डा। बाबुराम भट्टराईमा देखिएको बताए । उनले भने, १९८० को दशकमा पूर्व कम्युनिष्टहरु पनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भइसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले। त्यसपछि कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिस्ट भिउज‘हरु त्यस सिलसिलामा जन्म भए।

राइटिस्ट‘हरुभित्र पनि एक खालका राइटिस्टहरुबाट विरक्तिएकाहरु लेफ्ट मुभमेन्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए। तर, त्यो विचार पनि कुनै नयाँ परिणाममुखी, कुनै कुराहरुबाट त्यो निर्देशित थिएनन्। वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ।

डा बाबुराम भट्टराईले सम्बोधन गरेलगत्तै रोस्टममा पुगेका पाण्डेले सम्बोधनको सुरुवातमै भट्टराईको भनाईप्रति टिप्पणी गरेका थिए । उनले बाबुरामको टिप्पणी कत्तिपनि नसुहाएको बताए ।

उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दैगर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने धारणा राखे।अन्तरप्रदेश तथा अन्तर स्थानीय सरकारबीच झगडा आउन सक्ने सम्भावनालाई औल्याउँदै उनले यसमा गम्भिर हुन सरकारलाई आग्रह गरेका छन् । विकासका गतिविधिमा खरिद ऐनले पारेको प्रभावबारे उल्लेख गर्दै उनले ऐनलाई समयानुकुल बनाउन सुझाएका छन् ।

तपाईको प्रतिक्रिया