एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण, त्रिभुवन विश्वविद्यालय कतिऔँ नम्बरमा ?

Halesi

काठमाडौं । बेलायतस्थित द टाइम्स् हाइयर एजुकेशनले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण गरेको छ । सो सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा छ ।

सो संस्थाले विश्वविद्यालयका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तरष्ट्रयस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलाई मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो ।

सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्यांकका आधारमा विश्वविद्यालयको मूल्यांकन गरिएको र त्रिभुवन विश्वविद्यालय पहिलोपटक एसियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि सूचीकरण प्रक्रियामा भाग लिएको थियो । संस्थाले विश्वभरबाट गरेको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१–१०००औं विश्वविद्यालयको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया