प्रधानमन्त्री ओलीद्वारा नेपालमा शान्ति नामक पुस्तक विमोचन

Halesi

हनोइ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड नेपालमा शान्ति शीर्षक पुस्तक आज यहाँ एक समारोहमा विमोचन गरेका छन् । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बसेका न जुआत बान होङ दुकले लेखेको सो पुस्तक बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण गरिएको छ । भियतनामी र अङ्ग्रेजी दुवै भाषामा पुस्तक लेखिएको छ ।

समारोहमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धभूमि मात्र नभएर बौद्धदर्शनको पनि जग भएको बताउँदै कृतिले लुम्बिनी र सगरमाथाबारे जानकारी दिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया