जहाज खरिद प्रकरणमा अघिल्लो सरकारकै गलत भएको मन्त्री अधिकारीको दाबी

Halesi

झापा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ‘वाइडबडी’ विमान खरिद गर्दा व्यापार योजना नै गलत भएको बताएका छन् । मन्त्री अधिकारीले आफ्नो गलत नभइ अघिल्लो सरकारको गल्ती भएको दाबी गरेका छन् ।
झापाको बिर्तामोडमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइडबडी’ विमान खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै अघिल्लो सरकारकै पालामा खरिद प्रक्रिया गलत भएको बताएका हुन् ।

मन्त्री अधिकारीले भने ती वाइडबडी खरिद गर्दा रकम दिने, सम्झौता, खरिद मिति तोक्ने र गुणस्तर पहिचान गर्ने कुरामा तत्कालिन सरकारले गलत निर्णय गरेको आरोप लगाए । ‘विमान किन्ने प्रक्रिया २०७१ सालबाट सुरु भएको हो, नेपाललाई जहाज चहिन्थ्यो, बिज्नेस प्लान राम्रो भयो–भएन अझै अनुसन्धान आवस्यक छ ।’ मन्त्री अधिकारीले भने ।

तपाईको प्रतिक्रिया