आमा समूुहद्वारा भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग

Minakshi Rai

२४ भदौ , खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेकास्थित जालपादेवि आमा समूुहले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । समूहका ३२ जना सदस्यले सङ्कलन गरेको रु. १० हजार ४ सय राहत रकम आज (बुधबार ) जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो ।

बाढीपीडितका लागि सङ्कलित नगद रकम प्रमुख प्रशासकीय अधिकृत शम्शेर बहादुर राइमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको समूहकी अध्यक्ष भद्रलक्ष्मी गिरीले जानकारी दिनुभएको छ ।

समूहले उपलब्ध गराएको नगद राहत रकम मङ्गलबार नै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभएको छ ।

भोटेकोशी बाढीपीडितका लागि आमा समूहका तर्फबाट राहत रकम उपलब्ध गराउनेमा जालपादेवी आमा समूह पहिलो बनेको जनाइएको छ ।

२०८० सालमा स्थापना भएको जालपादेवी आमा समूहले सुत्केरी भेटघाट, मन्दिर वरिपरि फूल रोप्ने, बाटो सरसफाइ तथा समूहका सदस्य बिरामी हुँदा आर्थिक सहयोगलगायतका सामाजिक कार्य गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया