खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Minakshi Rai

खोटाङ, फागुन १४ । प्रतनिधिसभाको निर्वाचन नजिकीदै जादा नेपाल पत्रकार महासंघ खोटाङले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग र नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा निर्वाचन आचारसंहिता सम्बन्धि सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले प्रशिक्षण दिनुभएको थियो। निर्वाचन आचारसंहिता अनुगमन अधिकृत समेत रहनुभएको सहायक प्रजिअ राईले, निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार, सरोकारवाला, आम नागरिक र निर्वाचन अवधिमा सञ्चारमाध्यमले पालन गर्नुपर्ने आचारसंहिता, कानुनी व्यवस्था तथा जिम्मेवार पत्रकारिताका विषयमा जानकारी गराउनुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यले निर्वाचन अवधिमा निष्पक्ष, सन्तुलित र तथ्यपरक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । यस समयमा सञ्चारकर्मीले निष्पक्ष र मर्यादित ढंगले समाचार सम्प्रेषण गर्नु आवश्यक छ । उहाँले भन्नुभयो,“ पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक पत्रकारिता गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ।”

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमले पत्रकारहरूलाई आचारसंहिता सम्बन्धि स्पष्टता दिलाउनुका साथै जिम्मेवार पत्रकारिताका लागि थप उर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया