एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यलाई पत्नी शोक

Halesi Khabar

खोटाङ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य पत्नी वियोगमा पर्नुभएको छ । उपाध्यक्ष आचार्यकी पत्नी निर्मला अधिकारी आचार्यको ५१ वर्षको उमेरमा गएराति निधन भएको हो ।

मृतक निर्मला बिगत छ महिनादेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत रहेकै बेला निर्मलाको निधन भएको हो ।

मृतक निर्मलाको पुस–२४ गते आज काठमाडौँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्य दम्पतीका दुई छोरी र एक छोरा छन् ।

अन्त्येष्टि अघि एमालेका केन्द्रीय सचिव भानुभक्त ढकालले निर्मलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । मृतक निर्मलाको अन्त्येष्टिका लागि जिल्लाबाट गएराति नै आफन्तहरु काठमाडौँ पुगेका थिए ।

तपाईको प्रतिक्रिया