रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन

Halesi Khabar

खोटाङ, २३ पुस । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन हुनुभएको छ । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।

जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरुमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गङ्गा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की र कोषाध्यक्षमा टीका खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित राप्रपा खोटाङको तेस्रो जिल्ला अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।

जिल्ला कार्यसमितिको पुस–२२ र २३ गते भएको जिल्ला अधिवेशनले दुईवटै क्षेत्रको क्षेत्रीय समितिसमेत चयन गरिएको राप्रपा खोटाङले जनाएको छ । क्षेत्र नं. १ (क)मा शिवकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय तथा क्षेत्र नं. २ (ख)मा विनोद बस्नेतको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको नवनिर्वाचित जिल्ला अध्यक्ष ललितकुमारले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनकुमार राईले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई समेत स्वागत गरिएको नवनिर्वाचित अध्यक्ष ललितकुमारले जानकारी दिनुभएको छ ।

राप्रपा खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसमेत सिफारिस गरिसकेको छ । प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राई तथा समानुपातिकतर्फ विजयकला राई, शिवकुमार भट्टराई र भरु विश्वकर्माको नाम सर्वसम्मत् निर्णय गरेर सिफारिस गरिएको राप्रपा खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया