दिक्तेलमा मङ्सिर–२ गते जेन्जी युनाइटेड मुभमेण्टको कार्यक्रम

Halesi Khabar

खोटाङ, ३० कातिक । देशमा बढ्दो राजनीतिक अव्यवस्था, भ्रष्टाचार र असन्तुलित शासन प्रणालीप्रति आपत्ति जनाउँदै जेन्जी युनाइटेड मुभमेण्ट परिवर्तनले मङ्सिर–२ गते खोटाङमा ¥याली तथा कोणसभा गर्ने भएको छ ।

रत्नपार्कबाट ¥यालीसहित बजार परिक्रमा गरि हेलिप्याडको तल्लो बाटोमा कोणसभा गर्ने र स्थानीय कलाकारहरुको देशभक्ति गीतमा गायन, नृत्य तथा सडक नाटकको प्रस्तुति रहेको युनाइटेड मुभमेन्ट्का प्रतिनिधि तपसेन राईले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

जेन्जी आन्दोलनका शहीद र घाइतेहरूको सपना अधुरो रहने खतरा बन्दै गएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । आन्दोलनपछि जेन्जीहरू विभिन्न समूह र झुण्डमा विभाजित हुँदा शहीदहरूको बलिदान नै खेर जाने अवस्थामा पुगेकाले जेन्जीहरू अनिवार्य रूपमा एक हुनुपर्ने जेन्जी प्रतिनिधि मिरेश राईले बताउनुभएको छ ।

युनाइटेड नभइ आन्दोलनका उपलब्धिहरू जोगाउन नसकिने र शहीद–घाइतेको योगदान सम्मानित बनाउन सबै एउटै मञ्चमा उभिन पर्ने अवस्था आएको राईले बताउनुभएको छ ।

युनाइटेड मुभमेण्टले शहीदका परिवार, द्वन्द्वपीडित र घाइतेहरूलाई समेट्दै प्रधानमन्त्री, गृहमन्त्री लगायत उच्च पदाधिकारीहरूसमक्ष एकताको पहलका लागि अपिलपत्र बुझाउँदै आएको छ। साथै, राष्ट्रिय मानव अधिकार आयोगलाई अधिकार संरक्षणमा सक्रिय हुन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार रोकथाममा दृढ कदम चाल्नसमेत अनुरोध गरिएको जनाइएको छ ।

कार्यक्रमलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलाउन जेन्जी एकता अभियानको महत्वपूर्ण चरणका रूपमा लिइएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया