कात्तिक २८ गते, । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ ।
‘सेवाग्राहीको धेरै चाप भयो । सिस्टममा ह्याङ भएको छ,’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भन्नुभयो, ‘आईटी विज्ञको टोलीले काम गरिरहेको छ । सेवाग्राही धेरै भएकाले सिस्टमले थेग्न नसकेको र स्लो भएको हो ।’
उहाँका अनुसार अहिले राष्ट्रिय परिचयपत्रको विज्ञ र आयोगको आईटी टिमले बनाउने काम गरिरहेको छ ।
मतदाता नामवलीमा नाम दर्ता गर्न समस्या आएको सेवाग्राहीले पनि गुनासो गरेका छन् । लामोसमयसम्म प्रयास अनलाइनबाट आवेदन दिँदा पनि आवेदन स्वीकृत नभएको सेवाग्राहीको गुनासो छ ।


