खोटाङ, २५ कात्तिक । नेकपा(एमाले) जिल्ला कमिटी खोटाङले संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध जिल्लाका आठ वटा पालिकामा जनप्रदर्शन कार्यक्रम गरेको छ ।
संविधानको रक्षा र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलाशगढी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका,जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा जनप्रदर्शन गरेको हो ।
जनप्रदर्शन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता,समर्थक र युवाको उत्साहपूर्ण सहभागिता रहेको एमाले पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराईले जानकारी दिनुभएको छ । सोकला गाउँपालिकाले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दे नेता भट्टराईले भन्न्नुभयो संविधानको रक्षा र विघठित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एमाले जनताको माझ गएको बताउनुभएको छ । देशलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ । यही एजेण्डा मार्फत एमाले जनता माझ गएको हो ।’ उहाँले भन्नुभयो ।
कात्तिक २९ गते जिल्लाको सदरमुकाम दिक्तेलबजारमा बृहत जनप्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेकपा(एमाले) खोटाङका अध्यक्ष देवबिक्रम राईले बताउनुभएको छ ।
सोकला गाउँपालिकाले आयोजना गरेको जनप्रदर्शन कार्यक्रममा गजेन्द्र राई र कृष्ण खड्काको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि ७ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।




