देशलाई छाडा ढंगले चलाउन संसद भंग गरे : केपी शर्मा ओली

Halesi Khabar

कार्तिक २० गते ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनविरूद्व असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज (बिहिबार) गुण्डुमा आयोजित एक कार्यक्रममा उहाँले देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको टिप्पणी गर्नुभएको हो । वर्तमान सरकार असंवैधानिक रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जेनजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ‘ड्रामा’ गरेको भन्दै आयोगको निर्णय मान्य नहुने प्रष्ट पार्नुभएको छ ।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको अध्यक्ष ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया