कार्तिक १९ गते । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन हुनुभएको छ । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन हुनुभएको हो ।
भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरिएको छ । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।


