एउटा कम्युनिस्टले अर्कोलाई गाली नगरौँ : झलनाथ खनाल

Halesi Khabar

कार्तिक १९ गते । एक दिन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता घोषणा सभामा कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने बताउनुभएको छ ।

‘गल्ती कमजोरी नसच्याए फेरि त्यही अवस्था आउन सक्छ । नयाँ ढंगले सोचौँ । सम्पूर्ण कम्युनिस्टहरूको साझा आधार पहिल्याएर अघि बढौं । एउटा कम्युनिस्टले अर्कोलाई गाली गर्न बन्द गरौं,’ उहाँले भन्नुभयो, ‘नीतिगत संघर्ष गरौँ । एकअर्कालाई गालीगलौज बन्द गरौँ ।’

बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरी खनाल एकता फ्रक्रियामा सहभागी हुने निष्कर्षमा पुग्नुभएको थियो । उहाँले आफूलाई दाहाल र माधवकुमार नेपालपछि वरीयता दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया