गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

Halesi Khabar

कार्तिक १७ गते । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा आधिकारिक रूपमा समाहित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले आज सहमतीपत्र सार्वजनिक गरी समाहित हुने जानकारी गराउनुभएको छ । दुवै पक्षबीच कात्तिक १५ गते सहमती भएको भए पनि पत्र आज मात्र सार्वजनिक गरिएको हो ।

सहमतीपत्रमा हालको राजनीतिक परिस्थितिले असामान्य जोखिम निम्त्याएको उल्लेख गरिएर त्यसलाई सही दिशातर्फ व्यवस्थित पार्न यो निर्णय गरिएको बताइएको छ ।

सहमतीपत्रले जनयुद्धकालमा देखिएका चुनौतीहरूलाई अवसरमा परिवर्तन गर्दै दलहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य भएको उल्लेख गरेको छ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, समाजको स्वभाव अनुरुप विकास र अग्रगामी कार्यान्वयनतर्फ दृढ प्रतिबद्धता व्यक्त गरिएको छ ।

सहमतिका मुख्य तीन बुँदा–

तपाईको प्रतिक्रिया