हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै, पदाधिकारीमा को–को ?

Halesi Khabar

कात्तिक १६ गते, । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिनुभयो ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् ।पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहनुभएको छ । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहनुभएको छ । प्रवक्तामा अरुण गुरुङ रहनुभएको छ ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिनुभएको थियो । आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन उपस्थित हुने केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया