निर्वाचन आयोग र दलहरुबिच छलफल सुरु

Halesi Khabar

३० असोज, । निर्वाचन आयोग र राजनीतिक दलहरुबिचको बैठक सुरु भएको छ । २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ ।

आयोगको छलफलमा कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमालेबाट उपाध्यक्ष गुरु बराल माओवादीबाट महासचिव देव गुरुङ रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी र एकिककृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी छन् ।

आयोगमा विभिन्न ६ विषयमा छलफल भइरहेको छ । आगामी प्रतिनिधिसभा निर्वाचन निर्वाचन प्रयोजनका लागि दल दर्ता मतदाता नामावली मतदान स्थल र मतदान केन्द्र तथा राजनीतिक दलसँग आयोगले राखेको अपेक्षाका बिषयमा छलफल भइरहेको छ । आयोगले यस्तो छलफल दोस्रो पटक गरेको हो ।

तपाईको प्रतिक्रिया