२९ असोज, । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त हुनुभएको छ । नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गर्दै आउनुभएको थियो ।
बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गर्नुभएको छ । यसअघि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द तिमल्सिना नियुक्त हुनुभएको थियो ।


