वर्षाले सिंचाइमा गरेको क्षतिको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार

Halesi Khabar

खोटाङ, २३ असोज । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङले यही असोज–१९ र २० गते आएको भीषण वर्षाका कारण जिल्लामा भएको क्षतिको विवरण उपलब्ध गराउन जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गरेको छ । खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको च.नं. १५६ मिति २०८२ असोज–२१ गतेको पत्रानुसार जिल्लाका दशवटै स्थानीय तहलाई दुई दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन पत्राचार गरिएको डिभिजन कार्यालय खोटाङले जनाएको छ ।

डिभिजन कार्यालय खोटाङका अधिकृत उत्तर बजिमयले हस्ताक्षर गर्नुभएको पत्रमा वर्षाका कारण भएको क्षतिको विवरण, क्षति भएको स्थान, क्षतिको प्रकार र अनुमानित लागतसमेत उल्लेख गरेर विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । देशभर भएको भीषण वर्षाका कारण जिल्लाका स्थानीय तहमा सञ्चालित सिंचाइ तथा नदी नियन्त्रण (तटबन्ध)मा भएको क्षतिको विवरण माग गरिएको डिभिजन कार्यालय खोटाङले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया