खोटाङमा चट्याङ लाग्दा सेना घाईते

Minakshi Rai

१८ असोज । खोटाङमा चट्याङ लाग्दा नेपाली सेना घाईते भएका छन्। चट्याङ लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुडेस्थित रणभीम गणमा कार्यरत सुर्खेतका २४ वर्षीय दिनेश वाठा घाईते भएका हुन्।

उनलाई शनिबार दिउँसो २ बजेर ३० मिनेटमा चट्याङ लागेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचाररत वाठाको अवस्था सामान्य छ।

तपाईको प्रतिक्रिया