चट्याङ पर्दा दुईजना घाईते

Minakshi Rai

१८ असोज । खोटाङमा चट्याङ पर्दा दुईजना घाईते भएका छन्।
चट्याङ पर्दा रावाबेशी गाउँपालिका–३ लामिडाँडाका ११ वर्षीय मन्दिप तिमल्सिना र बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दुईघरेका २५ वर्षीय दीपक आले मगर घाईते भएका छन्।

तिमल्सिनालाई घरबाट अर्खौले जाने क्रममा शनिबार बिहान ८ बजेर २० मिनेट जाँदा अखौलेस्थित सल्लेघारीमा चट्याङ लाग्दा खुट्टा र हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उनलाई जिल्ला अस्पताल दिक्तेल उपचारमा पठाईएको प्रहरीले जनाएको छ।

उता मगरलाई आज बिहानको खाना खान बसेको अवस्थामा चट्याङ लागेको बताईएको छ। उनको अवस्था गम्भीर रहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताउनुभएको छ । घाईतेलाई एम्बुलेन्समा राखेर धरान वा विराटनगर उपचारमा लाने तयारी भईरहेको बराहपोखरीका वडाध्यक्ष ढक बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया