खोटेहाङ गाउँपालिकाको वार्षिक बजेट रु ५५ करोड ४८ लाख ९९ हजार

Halesi Khabar

खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट पारित गरेको छ । गाउँपालिकाको कार्यालय खोटाङबजारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख रुपेश राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँसभाबाट स्वीकृत बजेटले आर्थिक विकास, सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पुर्वधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएको जनाइएको छ । बजेटले समावेशी, स्वावलम्बी तथा समृद्ध खोटेहाङ निर्माणको आधार तयार गरेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभएको छ ।

गाउँसभामा गाउँपालिका प्रमुख मुक्तिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमसमेत पारित भएको जनाइएको छ । गाउँपालिका प्रमुख मुक्तिले १७ औँ गाउँसभा सफल बनाउन योगदान पु¥याउनुहुने जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका अगुवा तथा नागरिकलाई धन्यवादसमेत ज्ञापन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया