नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा रविन सुनुवार

Halesi Khabar

खोटाङ, २३ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा रविन सुनुवार चयन हुनुभएको छ । सङ्गठनमा आस्था राख्ने प्राध्यापकहरुको शुक्रबार भएको भेलाले सुनुवारलाई क्याम्पस इकाई समितिको अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिको सचिवमा श्यामकुमार राई र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको छ । सदस्यहरुमा कृष्ण गुरुङ, बेदीकुमार राई, चित्रकुमार सुवेदी, लक्ष्मीकुमार राई र सुवाशचन्द्र राई रहनुभएको छ ।

क्याम्पस इकाई समितिको सल्लाहकारमा हर्कवीर राई र पदम विष्ट रहनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय महासचिव तीलक केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य दीपक पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङका अध्यक्ष भवकृष्ण ढकाल, दिक्तेल बहुमुखी क्याम्पसका सहप्राध्यापक देवकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया