माओवादी केन्द्र बराहपोखरी गाउँपालिका अध्यक्षमा मुकेश राई चयन

Halesi Khabar

खोटाङ,  १०  जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा मुकेश राई चयन हुनुभएको छ । माओवादी केन्द्र बराहपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले राईलाई सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो ।

३१ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा पदमबहादुर मगर, अजम तामाङ र गणेश परियारलाई चयन गरेको छ । यस्तै, सचिवमा रामबहादुर विश्वकर्मा, सहसचिवमा बलबहादुर राई र कोषाध्यक्षमा मनिसा विश्वकर्मालाई चयन गरेको जनाइएको छ ।

निर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । माओवादी केन्द्र खोटाङले यसअघि जिल्लाका आठवटा स्थानीय तहको सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अब रावाबेँसी गाउँपालिकाको सम्मेलन गर्न बाँकी रहेको माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । रावाबेँसी गाउँपालिका कार्यसमितिको समेत यही महिनाभित्र सम्पन्न गर्ने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया