खोटाङ, ९ जेठ । दिक्तेल इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कूलले त्यहाँ कार्यरत शिक्षकलाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेको हो ।
प्रशिक्षणमा सहभागी शिक्षकलाई आकस्मिक चोटपटक, रक्तश्राव, बेहोस अवस्था, मर्किएको, जलन जस्ता दुर्घटनामा परेका घाइतेलाई गर्नुपर्ने प्राथमिक उपचार सम्वन्धी ज्ञान तथा सीप प्रदान गरिएको प्रिन्सिपल धनकर्ण श्रेष्ठले जानकारी दिनुभएको छ । तालिममा सहभागीलाई प्रमुख प्रशिक्षकको रूपमा स्वास्थ्य सहायक सन्तोष बजिमयले प्रयोगात्मक विधिबाट प्राथमिक उपचार सम्बन्धी आधारभूत ज्ञान तथा सीप सिकाउनुभएको थियो ।
सामान्य दुर्घटनामा परेका व्यक्तिको उपचार गर्ने÷गराउने योग्य जनशक्ति उत्पादनका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिएको दिक्तेल बोर्डिङले जनाएको छ । प्रशिक्षणमा बोर्डिङकै स्वास्थ्य सहायक अप्सरा खड्काले सहजीकरण गर्नुभएको थियो ।
बोर्डिङमा सातवटा प्राथमिक उपचार बाकस स्थापना गर्ने तयारी गरिएको जनाइएको छ । यस्तै, आइएसओ प्रतिनिधि लालप्रसाद घिमिरेले बोर्डिङजस्तो संवेदनशील क्षेत्रमा आकस्मिक अवस्थामा तुरुन्त उपचार उपलब्ध हुने व्यवस्था आवश्यक रहेकाले प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।


