खोटाङ, १३ वैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा लेखबहादुर रम्तेल चयन हुनुभएको छ । दिक्तेलमा वैशाख–१२ गते सम्पन्न वाईसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।
३१ सदस्यीय नगर कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा सम्पन्न सम्मेलनमा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुवोधराज सेर्पाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई, केन्द्रीय सदस्यहरु समिति कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, जिल्ला सचिव सँगिन किराती लगायतको उपस्थिति थियो ।
नगर सम्मेलन उद्घाटनअघि दिक्तेल बजारमा ¥यालीसमेत निकालिएको थियो । ¥यालीमा पार्टीका नेताहरु, जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधि, वाईसिएल नेपालका १५ वटै वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


