खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलिन्डरबाट साँझ छ बजेतिर शुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायका टोलीले राति करिब ११ः०० बजे नियन्त्रणमा दिएको हो ।
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराछ राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति भएको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलोमात्रामा धनमाल लजेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
सुख्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगलागी नियन्त्रणमा लिन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डयर तथा ग्याँस पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।”
हिन्दु, बौद्व र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । सुख्खाग्रस्त क्षेमा पर्ने हलेसीमा लागेको आयो नियन्त्रण गर्न स्थानीयवासी र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी टोलीले नसकेपछि जिल्लाबाट नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली हलेसी पुगेको हो ।
पदम राईको घरमा बेलुकाको खाना पकाउनेक्रममा ग्याँस सिलिण्डर लिक भएर शुरु भएको आगो दमकल अभावमा तत्कालै नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जाजकारी दिनुभयो । “आगलागीबाट मानवीय क्षति भएको छैन । दमकल अभावका कारण समयमै आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको छ”, उहाँले भन्नुभो, “सुरक्षाकर्मी र स्थानीयवासीको मद्दतका कारण थप क्षति हुनबाट जोगाएका छौँ । मद्दत नपुउको भए थप क्षति हुन सक्थ्यो ।”
हलेसीमा भएको आगलागीका घटनाका विषयमा विभिन्न निकायले दुःख व्यक्त गर्दै आगलागी पीडितका लागि तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकार्षण गराएका का छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचन्ड’ लगायतले आगलागी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकार्षण गराएका हुन् । तस्वीर उपलब्ध छ ।


