खोटाङ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अध्यक्षमा दानबहादुर राई चयन हुनुभएको छ । माओवादी केन्द्र नगर कार्यसमितिको गएराति सम्पन्न दोस्रो अधिवेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका निर्वाचित वडाध्यक्षसमेत रहनुभएका राईलाई सर्वसम्मत नगर पार्टी अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा वडा नं. १० पाथेकाका हात्तीराम राई, वडा नं. २ सोल्माका गङ्गाबहादुर विश्वकर्मा र वडा नं. ६ नेर्पाका शरद राई, सचिवमा वडा नं. ७ दोर्पा चिउरीडाँडाका डिल्लीराम खड्का ‘डिआर’, सहसचिवमा वडा नं. ३ बाम्राङकी सिर्जना राई र कोषाध्यक्षमा वडा नं. ४ खाल्लेकी सुवती राई चयन हुनुभएको छ । छपन्न सदस्यीय नगर कार्यसमितिको सदस्यहरुमा वडा नं. १ दिक्तेलबाट पार्वती आचार्य, तुलाराम विश्वकर्मा, रोहितकुमार सैँजू, टङ्कप्रसाद आचार्य, गोमा विश्वकर्मा र दीर्पनारायण आचार्य, वडा नं. २ सोल्माबाट ध्रुवबिक्रम राई, सप्तमणि राई र रेनुका दाहाल, वडा नं. ३ बाम्राङबाट रामकुमार हिङमाङ, राजकुमार राई, विनोद राई र केशव पुर्कुटी, वडा नं. ४ खाल्लेबाट सुरेश बस्नेत र देवान राई, वडा नं. ५ लफ्याङबाट टीकाराम श्रेष्ठ र गणेशबहादुर अधिकारी चयन हुनुभएको छ ।
यस्तै, वडा नं. ६ नेर्पाबाट मिनाकुमारी घिमिरे, उमेश राई, सुकदेव राई र चेतनाथ आचार्य, वडा नं. ७ दोर्पा चिउरीडाँडाबाट पर्शुराम राई, रविन राई, मनोज खड्का, सीताराम राई र जितबहादुर हिङमाङ, वडा नं. ८ दोर्पा बुवालुङबाट रुपक परियार, वडा नं. ९ निर्मलीडाँडाबाट दिनेश कठेत, जयकला राई र सर्वजित राई, वडा नं. १० पाथेकाबाट पर्शुराम बानियाँ, कविराज राई र देउकुमार राई, वडा नं. ११ खार्मीबाट लालबहादुर मगर ‘एलबी’, दिलकुमार राई र ज्ञानेन्द्र विश्वकर्मा चयन हुनुभएको छ । वडा नं. १२ जालपाबाट धनशोभा राई र वीरश श्रेष्ठ, वडा नं. १३ नुनथलाबाट गङ्गा विश्वकर्मा, स्मीता राई र विष्णुमायाँ तामाङ, वडा नं. १४ बुइपाबाट डार्विन चाम्लिङ, कल्पना बास्तोला, जगतभक्र राई र रिजन राई तथा वडा नं. १५ विजयखर्कबाट भूपेन्द्र किराती र अम्बिका ढकाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो ।
निर्वाचित नगर कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । उद्घाटन तथा समापन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतको उपस्थिति रहेको थियो ।
नगर कार्यसमितिको दोस्रो अधिवेशनको औपचारिक उद्घाटन पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राई, निर्वाचित वडा सदस्य एवम् खार्मी वडा पार्टी अध्यक्ष वीरेन्द्र राई, सदस्य दिलकुमार राई लगायत दर्जनबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।