बिराटनगर : डिग्री क्याम्पसमा चौथो प्रादेशिक ज्याम्बोरेट सुरु

Halesi Khabar

बिराटनगर। कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख  पाँचकर्ण राई‘पीके’ ले चौथो प्रादेशिक ज्याम्बोरेटको उदघाटन गर्नुभएको छ । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा बिराटनगरस्थित डिग्री क्याम्पसमा सुरु भएको चौथो प्रादेशिक ज्याम्बोरेटको सामाजिक विकास मन्त्री राई र कोशी प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीले संयुक्तरुपमा  शनिबार  उदघाटन गर्नुभएको हो ।

ज्याम्बोरेट स्काउटमा कोशी प्रदेशका ६७ वटा पालिकाका ११ देखि १६ वर्षसम्मका स्काउट विद्यार्थी २५ सय सहभागी भएका छन् । विद्यार्थीहरुलाई स्काउटसँग सम्बन्धित विभिन्न सहासिक, शारीरिक, मानसिक, वौद्धिक, सम्वेगात्मक, मनोरञ्जनात्मक र सांस्कृतिक क्रियाकलाप ज्याम्बोरेटमा सञ्चालन हुने कोशी प्रदेशका आयुक्त अध्यक्ष हेमन्त भण्डारीले जानकारीदिनुभयो ।

ज्याम्बोरेट उदघाटनको दाश्रो दिन अर्थात (शनिबार) मार्च पास र चित्रकला प्रतियोगिता गराइएको थियो । आइतबार साँस्कृतिक नृत्यसहित ज्यागेट कार्यक्रम हुने र अप्रतियोगिताका  कार्यक्रम पनि रहने प्रदेश आयुक्त भण्डारीले बताउनुभयो । प्रदेश आयुक्त भण्डारीका अनुसार ज्याम्बोरेटमा सहभागिलाई ट्रफि र प्रमाणपत्र दिइने छ । ज्याम्बोरेट प्रत्येक ४–४ वर्षमा हुने गरेको छ । प्रादेशिक संरचना पछाडिको यो पहिलो ज्याम्बोरेट हो । ज्याम्बोरेट स्काउटहरूको भेला हो। ज्याम्बोरेटका क्रियाकलापहरु सञ्चालन गर्न २०५ जनाको सर्भिस टिम बनाएको बताइएको छ । ज्याम्बोरेट यही माघ २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश स्काउट संरक्षक कार्की, नेपाल राष्ट्रिय स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित, सह–प्रमुख आयुक्त किरण गिरी लगायत राष्ट्रिय आयुक्तहरु, सात प्रदेशका प्रमुख आयुक्तहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया