माओवादी केन्द्र हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजुबिक्रम चाम्लिङ

Halesi Khabar

खोटाङ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगर कार्यसमितिको अध्यक्षमा राजुबिक्रम चाम्लिङ चयन हुनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सम्पन्न माओवादी केन्द्रको दोस्रो अधिवेशनले चाम्लिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रदीप राई, प्रमोद गिरी र समिला बस्नेत, सचिव गण राई, सहसचिव दिनेश बुढाथोकी र कोषाध्यक्षमा लालबहादुर कार्की चयन हुनुभएको छ । पचपन्न सदस्यीय नगर कार्यसमितिको प्रवक्तामा सुजेन राई चयन हुनुभएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’, केन्द्रीय सदस्य अमेम्बर राई, जिल्ला सचिव सँगीन, सचिवालय सदस्यहरु आमोद, चयन्द्र राई लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेथबहादुर राईले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका पार्टी परित्यागगरी दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । नवप्रवेशी नेता तथा कार्यकर्तालाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कार्की लगायतले अबिर लगाएर स्वागत गर्नुृभएको छ ।

 

 

तपाईको प्रतिक्रिया