खोटाङ, १७ माघ । ब्रदर कम्पनीले दिक्तेलमा आयोजना गरेको निःशुल्क सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफरमा सेवाग्राहीको घुइँचो लागेको छ । १११ वर्ष पूरानो जापनिज कम्पनी ब्रदरको विद्युतीय सामानहरु बिक्री गर्दै आएको सागर ग्रुपले दिक्तेलमा सञ्चालन गरेको तीन दिने क्याम्प अन्तरगत दोस्रो दिनमा सेवाग्राहीको घुइचो लागेको हो ।
विद्युतीय उपकरण बिग्रिएर हैरान भएका जिल्लावासीलाई सागर ग्रुपको आधिकारिक बिक्रेता आचार्य ट्रेड एण्ड सप्लायर्सले क्याम्प सञ्चालन गरेर निःशुल्क सर्भिस दिइरहेको सागर ग्रुपको डाईरेक्टर बुद्वलक्ष्मी मानन्धरले बताउनुभयो । आफ्ना उपभोक्ताहरुलाई वास्तविक उत्पादनबारे शिक्षित गराउदै ब्रदर कम्पनीको जुनसुकै उपकरण निःशुल्क सर्भिस र आधिकारिक तथा अनाधिकृत बिक्रेताको बारेमा ज्ञान दिइएको डाइरेक्टर मानन्धरे बताउनुभएको छ ।
पहिलो दिनको क्याम्पमा ब्रदरका विद्युतीय उपकरणहरुमा स–साना समस्या भए पनि तरिका नबुझेर थन्किएका मेसिनहरु मर्मत तथा साधारण जानकारीहरु प्रदान गरिएको थियो । ३० वटा ब्रदर कम्पनीका फोटोकपी मेसिन निःशुल्क सर्भिस गरिएको आचार्य ट्रड एण्ड सप्लायर्सका प्रोपाईटर गोपाल आचार्यले जानकारी दिनुभयो ।
क्याम्पमा पाँचवटा फोटोकपी मेसिन एक्सचेन्ज गरिएको छ । क्याम्प शुक्रबारसम्म क्याम्प जिल्लामा दोस्रो पटक सञ्चालन गरिएको हो ।