नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

Halesi Khabar

खोटाङ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार साँझ सम्पन्न सङ्गठनको १२ औँ जिल्ला अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले जिल्ला कार्यसमितिको उपाध्यक्षमा बिनोद राई, महिला उपाध्यक्ष दिक्षिका शाक्य, सचिव गणेशप्रसाद आचार्य, उपसचिवमा सुवास राई र कोषाध्यक्षमा अगमसिं विश्वकर्मालाई चयन गरेको छ । उन्नाइस सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा सुशिला आचार्य, उषाकला राई, सिर्जना लुईटेल, वविता आचार्य (ढकाल), शंकर घर्तीमगर, हरिहर ढकाल, राजनप्रसाद दुलाल, राजु बस्नेत, मनोज बस्नेत, सुनिल दाहाल, अर्जुन ढकाल, दिनेश बस्नेत र रोशन श्रेष्ठ रहनुभएको छ ।

अधिवेशनले रेखा राई ‘क्षितिज’, पवन पोखरेल, सुशिला घिमिरे र सीताराम खतिवडालाई केन्द्रीय प्रतिनिधि तथा राजकुमार राई, जीवन आचार्य, मुरारी सिग्देल र राजन बस्नेतलाई प्रदेश प्रतिनिधि चयन गरेको छ । सङ्गठनका जिल्ला अध्यक्ष रेखा राई ‘क्षितिज’को अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पाँच सदस्यीय लेखा परीक्षण आयोगसमेत गठन गरेको छ ।

लेखा परीक्षण आयोगको संयोजकमा गणेश खड्का तथा सदस्यहरुमा गोपाल खड्का, भूपराज कटवाल, शान्ता विश्वकर्मा र मीत्रप्रसाद आचार्य चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि कार्कीले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले देश निर्माणमा कर्मचारी सङ्गठनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कार्यक्रममा जिल्ला उपाध्यक्ष कुमार आचार्य, सचिव सुरशकुमार राई, प्रचार विभाग प्रमुख खेमराज देउसाली, विभिन्न जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया