रिटर्नी फेडेरेसन नेपाल खोटाङको अध्यक्षमा नवराज आचार्य

Halesi Khabar

खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन रिटर्नी फेडेरेसन नेपाल खोटाङको अध्यक्षमा नवराज आचार्य चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आज (शनिबार) सम्पन्न फेडेरेसनको दोस्रो जिल्ला अधिवेशनले आचार्यलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुशील गिरी र जगनाथ आचार्य, सचिवमा मिलन राई, उपसचिवमा भीमबहादुर गिरी र कोषाध्यक्षमा निरकुमार श्रेष्ठ चयन हुनुभएको छ । तेह्र सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा सीताराम आचार्य, बलराम भुजेल, शिवकुमार खत्री, प्रेम विश्वकर्मा, प्रकाश भुजेल, दिनेश तामाङ र बालकृष्ण राई चयन हुनुभएको छ ।

फेडेरेसनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश समिति सदस्य विणादेवी राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेन्द्रकुमार राई लगायतको उपस्थिति थियो । नवनिर्वाचित फेडेरेसनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि अधिकारीले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया