माओवादी केन्द्र युवा विशेष महाशाखा १ नं. प्रदेश अध्यक्षमा खोटाङका प्रभात राई चयन

Halesi Khabar

खोटाङ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा विशेष महाशाखा १ नं. प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई चयन हुनुभएको छ । काठमाडौँको बागबजारमा आज (शनिबार) सम्पन्न प्रथम प्रदेश सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् योङ कम्युनिष्ट लिग (वाईसियल)का वरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा पर्शुराम धमला ‘अतीत’, सचिवमा अनुज खनाल खत्री, सहसचिवमा ज्ञानदीप राई र कोषाध्यक्षमा नमिता राउतलाई चयन गरेको छ । युवा विशेष महाशाखा १ नं. प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि गुरुङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।

सम्मेलन उद्घाटन कार्यक्रमका वक्ताहरूले आफ्नो अधिकार प्राप्तिका निम्ति हरेक समस्याहरूको सामना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पार्टीका उपत्यका विशेष प्रदेश समितिका सह–सचिव मन्जु बम, वाईसियल नेपालका उपाध्यक्ष केहरसिंह कुँवर, युवा शाखाका सचिव प्रेम चापागाईं, वाईसियल नेपालका केन्द्रीय सदस्य दीपक न्यौपाने, वाईसियल नेपाल काठमाडौँका सचिव रुपेश दङ्गाल, वाईसियल नेपाल सिन्धुपाल्चोकका सचिव प्रकाश घिमिरेलगायतको उपस्थिति थियो ।

सम्मेलन उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि किरन मगर, सुबास मगर, अर्जुन मगर , धिरज मगर ,योगेस मगर र विकास मगर माओवादी पार्टीमा प्रवेश गर्नुभएको छ । पार्टीको युवा विशेष माहाशाखाको आठ शाखामध्ये १ नं. प्रदेश महाशाखाले सबैभन्दा पहिले सम्मेलन सम्पन्न गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया