नेवाः देय् दवू दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा सुमन श्रेष्ठ

Halesi Khabar

खोटाङ, २७ पुस । नेवाः देय् दवू दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा सुमन श्रेष्ठ चयन हुनुभएको छ । दिक्तेलमा सम्पन्न नेवार समुदायको भेलाले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ट उपाध्यक्षमा नीरकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा विनिता श्रेष्ठ, उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, सचिवमा हेम प्रधान तथा महिला सचिवमा कमला श्रेष्ठ र कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन हुनुभएको छ । समितिको सदस्यहरुमा पर्शुराम श्रेष्ठ, समिता श्रेष्ठ, यादव श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, फडिन्द श्रेष्ठ्र, रोनिशा श्रेष्ठ र मीना श्रेष्ठ रहनुभएको छ ।

बुइपा, बाम्राङ र पाथेकाका लागि भने खाली राखिएको छ । खाली भएका वडाहरुमा नगर कार्यसमितिको अर्को बैठकले मनोनित गर्ने नवनिर्वाचित नगर अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया