खोटाङ, १७ पुस । नेपाली काग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित बि.पि. स्मृति भवनमा आज (बुधबार) सम्पन्न प्रथम जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सावित्रा राई, सचिवमा लोकमणि श्रेष्ठ, सहसचिवमा मीना कार्की र कोषाध्यक्षमा हरिकुमार बानियाँ चयन हुनुभएको छ । सदस्यहरुमा भानुभक्त अधिकारी, युवराज पोखरेल, मकर थामी, ज्ञानबहादुर राई, मनोज आचार्य, जगत मगर, राजनप्रसाद आचार्य, अम्बिका अधिकारी, कृष्णकुमारी आचार्य र लीलबहादुर बस्नेत रहनुभएको छ ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालका केन्द्रीय सदस्यद्धय बलदेव मण्डल र प्रेमगीता बस्नेतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको प्रदेश र सङ्घीय प्रतिनिधि जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।