खोटाङ, १५ मङ्सिर । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङको अध्यक्षमा पुनः शरद राई चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न दोस्रो साधारणसभाले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत् अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विशाल राई र गौतम राई, महासचिवमा वीरेन गुरुङ, सचिवमा रनजङ राई, कोषाध्यक्षमा सावित्रा बास्तोला (दाहाल) र प्रवक्तामा डिगेन्द्र गुरुङ चयन हुनुभएको छ । पछि एकजना थप गर्नेगरी निर्माण गरिएको १६ सदस्यीय समितिको सदस्यहरुमा कविराज रिजाल, गणेश रोक्का, युवराज राई ‘मुना’, सुनिल पराजुली, रमेश रिजाल, प्रेमकुमार राई, प्रभुराम राई र सिर्जना गुरुङ चयन हुनुभएको छ ।
नेर्पास्थित क्लबको आफ्नै कार्यालय भवनमा सम्पन्न साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ‘महेश’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको थियो । ‘सङ्गठित युवा, साङ्गठानिक शक्ति’ भन्ने नारासहित उद्घाटन गरिएको साधारणसभामा क्लबमा आवद्ध साधारण सदस्य, वुद्धिजीवि, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
वि.सं. २०७६ सालमा स्थापना भएको नेर्पा स्पार्टस् क्लबले जिल्लामा खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सधारणसभाका वक्ताहरुले बताएका छन् । क्लबमा आवद्ध खेलाडीहरुले जिल्लामा हुने विभिन्न प्रतियोगिताको उपाधि चुम्दै आएका छन् ।