दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईलाई मातृ शोक

Halesi Khabar
35 Shares

खोटाङ, २८ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई मातृ शोक परेको छ । नगरप्रमुख भट्टराईको आमा पदमकुमारी भट्टराईको ८८ वर्षको उमेरमा उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा कात्तिक–२६ गते बाटैमा मृत्यु भएको हो ।

यही कात्तिक–२५ गते बिहानदेखि मुटु दुख्ने रोगको बिरामी पर्नुभएकी पदमकुमारीको जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि काठमाडौँ रिफर गरेको थियो । अस्पतालले रिफर गरेपछि कात्तिक–२६ गते एम्बुलेन्समार्फत काठमाडौँ लैजानक्रममा भकुन्डेबेँसीस्थित बाटैमा मृत्यु भएको नगरप्रमुख भट्टराईका स्वकीय सचिव चिरञ्जीवी खतिवडाले जानकारी दिनुभएको छ ।

मृतक पदमकुमारीको शव कात्तिक–२७ गते वडा नं. ७ दोर्पास्थित घरमा ल्याएर हिन्दु परम्पराअनुसार दाहसँस्कार गरिएको जनाइएको छ । तीन छोरा र चार छोरीकी आमा पदमकुमारीको उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएपछि मृतकका परिवार शोकमा डुबेका छन् ।

दोर्पास्थित आफ्नै घरमा बस्दै आउनुभएकी पदमकुमारीको सात छोराछोरीमध्ये नगरप्रमुख भट्टराई माहिलो छोरा हुनुहुन्छ । नगरप्रमुख भट्टराईको आमा पदमकुमारीको उपचारको लागि काठमाडौँ लैजानेक्रममा मृत्यु भएपछि नगरपालिका र नेपाली काँग्रेस खोटाङले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया