विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (सोमबार) झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो ।
आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरुलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । उहाँलाइ पीडितहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रुपमा नष्ट भएको थियो ।
यसैगरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । केहिदिन देखि त्यहा काम रोकिएको थियो ।
मुख्यमन्त्री कार्कीले सोमबार नै झापास्थित निर्वाचन क्षेत्र अन्तरगत जारी विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गर्नुभयो । उहाँले सो क्षेत्रका पार्टी कार्यकर्ता र नागरिकहरुसँग पनि भेटघाट गर्नुभएको छ ।
आगलागी पीडितलाइ भेट्दै, बिकास अनुगमन गर्दै मुख्यमन्त्री
Halesi Khabar

तपाईको प्रतिक्रिया
- १. पाँच पटक सभापति बनिसकेका बस्नेतलाई हराउँदै जोशी बने रेडक्रस खोटाङको सभापति
- २. जनयुद्ध दिवसमा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकामा सार्वजनिक विदा
- ३. माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा दानबहादुर राई
- ४. हाइड्रोपावर कम्पनीले क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिद्धारा आन्दोलनको घोषणा
- ५. वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
- ६. किरात ऐतिहासिकस्थलमा निर्माणाधीन ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा