विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (सोमबार) झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो ।
आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरुलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । उहाँलाइ पीडितहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रुपमा नष्ट भएको थियो ।
यसैगरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । केहिदिन देखि त्यहा काम रोकिएको थियो ।
मुख्यमन्त्री कार्कीले सोमबार नै झापास्थित निर्वाचन क्षेत्र अन्तरगत जारी विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गर्नुभयो । उहाँले सो क्षेत्रका पार्टी कार्यकर्ता र नागरिकहरुसँग पनि भेटघाट गर्नुभएको छ ।
आगलागी पीडितलाइ भेट्दै, बिकास अनुगमन गर्दै मुख्यमन्त्री
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


