मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उहाँले आफूले गरेका ६० काम सार्वजनिक गर्नुभएको हो ।
प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन प्रदेशले आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरुलाई समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको उहाँले बताउनु भयो । प्रदेशमा आगामी वर्ष २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्नेदेखि प्रदेशका विभिन्न ठाउमा ट्राफिक लाइट जडान गरेको विषयलाई उपलब्धीको रूपमा सार्बजनिक गरिएको छ । मुख्यमन्त्री कार्की गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रदेश सरकारले गरेका कामहरू सही ढंगले जनतामाझ प्रचारप्रसार नभएकोले सयदिने उपलब्धि सार्वजनिक गर्नुपरेको उहाँले बताउनु भयो । केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेडेटामा निर्माण भएको स्काईवाक उदघाटन गरेर सञ्चालनमा ल्याएको लगायत छन् । यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सिएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।
यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटनरी उपचार केन्द्र सञ्चालन गराएको र विपदमा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गरेको कुरा पनि उपलब्धिमा समावेश छन् । यस्तै पाथिभरा, हलेंसी, वराहक्षेत्र धार्मिक क्षेत्र समिति अनि केचना कञ्चनजङ्गा पर्यटन समिति अनि संघीयता कार्यन्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेकोलगायत उपब्धिहरु छन् । यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उहाँले बताउनु भयो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु
- २. छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
- ३. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- ४. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ५. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ६. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड


