जिल्ला खेलकुद विकास समिति अध्यक्षमा रमेश राई ‘महेश’ मनोनित

Halesi Khabar
56 Shares

खोटाङ, २७ जेठ । जिल्ला खेलकुद विकास समिति खोटाङको अध्यक्षमा रमेश राई ‘महेश’लाई मनोनित हुनुभएको छ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले महेशलाई जिल्ला खेलकुद विकास समिति खोटाङको अध्यक्षमा मनोनित गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्डको जेठ–२० गतेको निर्णयअनुसार प्रदेश खेलकुद ऐन, २०७६ को दफा १६ को उपदफा २ को २१ बमोजिम राईलाई चार वर्षे कार्यकालका लागि मनोनयन गरेको जनाइएको छ । जिल्ला खेलकुदको विकास, विस्तार र प्रवद्र्धनमा योगदान रहने अपेक्षासहित दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–७ दोर्पा निवासी महेशलाई अध्यक्ष पदमा मनोनयन गरेको बोर्डले जनाएको छ ।

प्रदेश तथा सङ्घीय सरकारको खेलकुद मन्त्रीको जिम्मेवारी जुन पार्टीका नेताले पायो सोही पार्टी निकट व्यक्तिलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्ष दिने प्रचन छ । महेश नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित हुनुभएको हो ।

यसअधि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट अध्यक्षमा मनोनित हुनुभएका सुमन राईले आफ्नो कार्यकाल पूरा नगर्दै सम्पर्क विहीन हुनुभएको थियो । अध्यक्ष सम्पर्क विहीन भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उपाध्यक्षमा मनोनित रेणुका राई (मगर)अध्यक्षको समेत जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया