कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकारमा बिक्रम लुइँटेल

Halesi Khabar
105 Shares

खोटाङ, १४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा बिक्रम लुइँटेललाई नियुक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्षसमेत रहनुभएका लुइँटेललाई मुख्यमन्त्री कार्कीले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

दुई दशकदेखि पत्रकारिता पेसामा क्रियाशील पत्रकार लुइँटेल प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी इन्चार्जसमेत हुनुहुन्छ । पत्रकार लुइँटेललाई निजामती सेवाको उपसचिव तथा सो सरहको सुविधा पाउने गरी प्रेस सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया