केएफए खेलकुद पत्रकारिता पुरस्कार पत्रकार भट्टराईलाई

Halesi Khabar
112 Shares

खोटाङ, १२ जेठ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले पत्रकार राजकुमार भट्टराईलाई खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । सुचन राई स्मृति केएफए दिक्तेल हलेसी मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता समापनको अवसरमा केएफएले पत्रकार भट्टराईलाई रु पाँच हजार राशीको केएफए खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

गोरखापत्र दैनिकका खोटाङ सम्वाददाता पत्रकार भट्टराईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको थियो । पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको बृत्ति र विकासमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी शैंजूले बताउनुभएको छ ।

वि.सं. २०७५ सालदेखि पत्रकारिता पेशामा आवद्ध हुनुभएका पत्रकार भट्टराईको आफ्नै अनलाईन (रुपाकोट खबर कटकम) सञ्चालनमा छ । भ्यूज अफ नेपालमा समेत आवद्ध पत्रकार भट्टराई आफ्नो पेशाप्रति बफादार तथा कर्तव्यनिष्ठ भएर निष्पक्ष कलम चलाइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया