एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल

Halesi Khabar
378 Shares

खोटाङ, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न सङ्गठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवाशचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन हुनुभएको निवर्तमान अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ । उपाध्यक्षमा चयन हुनुभएका कटवाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्ष परित्याग गरेर एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा समाहित हुनुभएको हो ।

अधिवेशनले एकजना सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको निर्वाचन मण्डलले जनाएको छ । जिल्ला सचिवालय समितिमा चारजना पदाधिकारी स्वतः हुने विधानमा व्यवस्था छ भने, पर्शुराम राई, सन्तोष विश्वकर्मा, धनकुमारी राई, पार्वती राई, बेनु राई र टीकाराम राईलाई चयन गरिएको निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।

जिल्ला सदस्यहरुमा सुरवीर राई, काँशीराज बुढाथोकी, गरिमा राई, चित्रकुमार राई, ज्ञानदीप राई, देवेन्द्र राई, दिव्यकिरण राई, प्रेमबहादुर राई, पेशलकुमार राई, अमृत राई, सुवाश ढकाल, प्रमिला बिष्ट, शिव खड्का, प्रमिला सुवेदी, सँगीता राई, कमला बास्तोला, सुवाश पराजुली, मोतीकुमार श्रेष्ठ, प्रेमबहादुर भट्टराई, दिलीपचन्द्र राई, दीपक पोखरेल, अम्बिका चौलागाई, सँगीता राई (हलेसी) र मनप्रसाद राई रहनुभएको छ । जिल्ला सदस्यमा खाली राखिएको चारजना सदस्य पदमा भने, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबाट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा समाहित हुनुभएका शिक्षकहरुलाई नियुक्त गरिने नवनिर्वाचित सचिव राईले जानकारी दिनुभएको छ ।

अधिवेशन उद्घाटन समारोहमा लामो समय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध रहनुभएका २३ जना पूर्व शिक्षकहरुलाई आयोजकले सम्मान गरेको छ । जयप्रसाद आचार्य दिक्तेल, प्रतिमान राई जालपा, नरेन्द्र निर्विकार दिप्रुङ चुइचुम्मा, झनकबहादुर थापा सोल्मा, देवी रिजाल दिक्तेल, सारदाप्रसाद ढकाल विजयखर्क, रघुनन्द राई च्यानडाँडा, भगेश्वर राई नुनथला, रूपनारायण दाहाल हलेसी, पहलशेर राई निर्मलिडाँडा, धनपति भट्टाराई बुइपा, ज्ञानकुमार श्रेष्ठ बुइपा, नरेशकुमार राई सप्तेश्वर, मनबिक्रम राई सोल्मा, पदमबहादुर विश्वकर्मा.खोटेहाङ, किरण राई खोटेहाङ, सूर्यबहादुर थापा बाम्राङ, वसन्त राई खोटेहाङ, केशव खड्का दिप्रुङ चुइचुम्मा, श्यामकुमार राई खोटेहाङ, हरि राई खोटेहाङ, हिमालभक्त राई केपिलासगढी र धनराज राई खोटेहाङलाई आयोजकले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

यसैबीच, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष देवराज सापकोटा, जिल्ला अध्यक्ष गोविन्द कटवाल लगायत सात जना शिक्षक नेताहरु एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा समाहित हुनुभएको छ । समाहित हुनुहुने शिक्षकहरुमा जिल्ला कोषाध्यक्ष धनकुमारी चौलागाई, सदस्यहरु शिव खड्का, दिनशे तामाङ, इन्द्रकुमार राई र रेणुका राई रहनुभएको छ ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङले शनिबार नै विज्ञप्ति जारी गर्दै एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङसँग एकता गरेको घोषणा गरेको थियो । समाहित हुनुभएका प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध शिक्षक नेताहरुलाई एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पालिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरन’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ लगायतले स्वागत गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया