ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई क्षमता अभिवृद्धि तालिम

Halesi Khabar
168 Shares

खोटाङ, २८ माघ । ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई अतिरिक्त कृयाकलापमा सक्रिय बनाउन क्षमता अभिवृद्धि तालिम दिइएको छ । गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै चार दिने तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर.–२ स्थित जालपा माध्यमिक विद्यालय र लालबौंध आधारभूत विद्यालय, वडा नम्बर.–३ को त्रिभुन उच्च माध्यमिक विद्यालय र वडा नम्बर–६ को शान्तोदय माध्यमिक विद्यालय, वडा नम्बर–७ को मानुका निम्न माध्यमिक विद्यालयका पाँचवटा बाल क्लबको पुर्नगठन गरि पाँचवटा बाल क्लबका २० जना बालबालिका र पाँचजना बाल क्लब संरक्षक शिक्षकको क्षमता अभिवृद्धि सम्बन्धि तालिम दिइएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिनुभएको छ । माघ–२३ गते पालिकाको सभाहलमा प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको अध्यक्षतामा तथा गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईको प्रमुख आथित्यतामा, विशेष आतिथ्यमा गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारी र अतिथिमा वडा नम्बर–३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, वडा नम्बर–७ का वडाध्यक्ष अरुण राई, गाउँपालिकका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेत लगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

माघ–२६ गते प्रयास नेपालका कोषाध्यक्ष निलु थुलुङ राईको अध्यक्षता तालिम समापन भएको जनाइएको छ । गाउँपालिकासँगको समन्वय तथा जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले आयोजना गरेको तालिमको सहजीकरण परामर्शदाता सन्तोष महर्जनले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया