जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ

2.7k Shares

खोटाङ, १६ माघ ।  जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।

आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव भएको खेलासा भएको छ । मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएकोबेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पिडित बराहपोखरी (क १) को दावी छ ।

घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ । मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया