दोलखाकी सवितालाई ‘अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार’

Halesi Khabar
105 Shares

काठमाडौँ, ९ मङ्सिर । अटिजम भएका बालबालिकाको शिक्षामा काम गर्दै आएकी अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उप्रेतीलाई सो पुरस्कार प्रदान गर्न लागेको हो ।

भारतीय मानवअधिकार परिषद्ले सन् २०१५ देखि हरेक वर्ष मानवअधिकार र शान्तिका लागि योगदान पु¥याउनेमध्ये एक जनालाई पुरस्कार दिने गरेको छ । दोलखा स्थायी भएकी उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँ दिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताउनुभयो ।

शरीर स्वस्थ र सग्लो भए पनि मस्तिष्कको विकास पूर्ण नभइ बालबालिकाको जन्म हुने रोग अटिजम हो । अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थाल्नुभएको थियो ।

अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलिएको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४०० भन्दा बढी जनाले सेवा पाइसकेका छन् । अहिले उप्रेतीको विशेष विद्यालयका नरेफाँट, ताथली र गोठाटारमा तीन शाखामा जहाँ ६० विद्यार्थी अध्ययनरत रहेका छन् ।

तपाईको प्रतिक्रिया